काठमाडौँ । पुनःस्थापित नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आइतबार सर्वोच्च अदालतले केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’अध्यक्ष रहेको नेकपा खारेज गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषि कट्टेललाई दिएपछि व्यूँतिएको नेकपा एमालेको पहिलोपटक सचिवालय बैठक बस्न लागेको हो ।
बैठक आज अपराह्न ४ बजेका लागि बोलाइएको छ । महासचिव प्रमुख रहने एमाले सचिवालयमा दुई उपमहासचिव र पाँच सचिव सदस्य रहन्छन् ।








