काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८६ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा ६ सयले घटेर ८५ हजार ६ सयमा रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८५ हजार १५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








