• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक ०७, २०८३
☰
शनिबार, कार्तिक ०७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • २. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

भरतपुर महानगर प्रमुख रेनु दाहालद्वारा धनगढा सहलगानी खानेपानी आयोजनाको उद्घाटन

  •   मङ्गलबार, फागुन २५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । धनगढा सहलगानी खानेपानी आयोजनाको उद्घाटन भएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालबाट शिलान्यास भएको यो आयोजनाको निर्माण अवधिभन्दा दुई महिना अगाडि निर्माण सम्पन्न गरी भरतपुर महानगर प्रमुख रेनु दाहालले नै उद्घाटन गरेकी हुन् । नेपाल सरकार भरतपुर खानेपानी ब्यवस्थापन बोर्ड र संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना भरतपुर महानगर र उपभोक्ताको समेत संयुक्त लगानीमा भरतपुर महानगरपालिका १२ मा निर्मित खानेपानी आयोजना शर्मा सगरमाथा भिमेश्वर जेभीले निर्माण गरेको हो । आफूहरुले निकै मेहनत र सबैको साथका कारण समयभन्दा अगाडि निर्माण कार्य पूरा गर्न सफल बनेको निर्माण ब्यवसायी सहदेव खड्काले बताए ।

    २ हजार १ सय १९ घरधुरीका १४ हजार ५ सय ६३ जनालाई स्वच्छ खानेपानी प्रदान गर्ने उद्देश्यले खानेपानी आयोजना निर्माण थालिएको भरतपुर खानेपानी ब्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापती दाहालले बताए । यो आयोजना निर्माणका लागि २१ करोड ७७ लाख इस्टिमेट भएको र निर्माण ब्यवसायीले १२ करोड ७७ लाखमा ठेक्का लिएर काम सुरु गरी तोकिएको अवधिभन्दा दुई महिना अगाडि नै काम सकेको उनी बताउँछन् । आयोजना निर्माण पूरा भई पानी वितरण गरिरहेको र खानेपानी पाईप मर्मत र सञ्चालनमा अहिले चुनौती भएको उनको भनाई छ । सडक बिस्तार नाला बिस्तारका क्रममा खानेपानीको पाईप काटिने कारणले मर्मत संभारमा समस्या भएको दाहालको भनाई छ ।

    ७१ सालमा सामान्य डिप बोरिङ र ६०० मिटर पाईप बिस्तार गरी पानी वितरण गरेको यो आयोजनालाई बिस्तार गरी भरतपुर महानगरका ९, ११ र १२ का वडावासीलाई नियमित पानी प्रदान गर्ने उद्देश्यसहित सबै प्रक्रिया पूरा गरी १८ महिनामा निर्माण सक्ने उद्देश्यसहित २०७४ साल जेठ २१ गते निर्माण सम्झौता भएको र अवधिभन्दा २ महनिा पहिले नै काम सकिएको दाहाल बताउँछन् । दाहालले अवधि अगाडि नै काम सकेको भन्दै निर्माण ब्यवसायीलाई आभार प्रकट गरे । कार्यक्रमकी प्रमुख अतिथि भरतपुर महानगर प्रमुख रेनु दाहाल र विशिष्ट अतिथि उपप्रमुख पार्वती शाह ठकुरीले निर्माण ब्यवसायी सहदेव खड्का सहित खानेपानी आयोजना निर्माणमा लाग्ने उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशंसापत्रद्वारा सम्मान गरेका थिए ।

    कार्यक्रममा बोल्दै भरतपुर महानगर प्रमुख तथा खानेपानी ब्यवस्थापन बोर्डकी अध्यक्ष रेनु दाहालले महानगरवासीलाई सर्वसुलभ र स्वच्छ खानेपानी पुर्याउने उद्देश्यका साथ महानगरमा धमाधम खानेपनी आयोजना सञ्चालन भएको बताइन् । भरतपुर महानगर २९ चौकीडाँडादेखि २८ गोलाघाटसम्मका स्थानीय बासिन्दाको स्वच्छ पिउने पानी खान पाउनु पर्ने अधिकार रहेको र ती सबै नागरिकलाई स्वच्छ खानेपानी प्रदान गर्न आफनो टिम निरन्तर लागिरहेको दाहालको भनाई छ ।

    आफूहरुले महानगरमा धेरै राम्रा र महत्वपूर्ण दीर्घकालीन महत्व राख्ने कामहरु गरेको र अब केही समयमै सबैको नतिजा देखिने उनले बताइन् । सिटी हल, गोन्द्राङ–पुलचोक सडक, ८८ किलोमिटर रिङरोड, लिङ्करोड, ८० किलोमिटर सडकमा एकनासको स्मार्ट सडक बत्ती जडान, नदी किनारलाई सि बिच निर्माण, लायन्सचोकमा ३ अर्ब लगानीमा अत्याधुनिक बहुउद्देश्यीय भवन निर्माण लगायतका कामहरु थालनी भएको दाहालले बताइन् । अबको बाँकी समयमा जनतामा गरेका प्रतिवद्धता पुूरा गर्ने र यस अगाडि थालनी भएका कामलाई पूर्णता दिने गरी आफूहरु लागिपरेको दाहालको भनाई छ । महानगरले कृषि, शिक्षा, पर्यटन पूर्वाधार सबैमा निरन्तर काम गरिरहेको र अबको केही वर्षमा चितवन देशको प्रमुख विकसित सहर बन्ने मेयर दाहालले बताइन् ।

    महानगर उपप्रमुख पार्वती शाह ठकुरीले चितवन विकासमा तीब्र रुपमा अगाडि बढेको र राज्यलाई नै चिनाउने ठूला महत्वपूर्ण आयोजनाहरु चितवनमा बनेको बताइन् । विकासका लागि यो पार्टी उ पार्टी नभनी सबै मिलेर हातेमालो गर्नु पर्ने उनको भनाई छ । वडा नम्बर ९ का अध्यक्ष यमलाल कँडेलले आफ्ना वडामा केहि निकै विपन्न समुदाय रहेको र उनीहरुका लागि खानेपानी जडान गर्दा सकेसम्म निःशुल्क जडान गरिदिन आवश्यक रहेको बताए । कोकाकोला कम्पनीले प्रभावित समुदायका लागि खानेपानीका लागि भनी २७ लाख बजेट दिएको र त्यो बजेट पानी ट्यांकी निर्माणमा लगानी भएकाले त्यही बजेटबाट आफ्ना उपभोक्ताका लागि निःशुल्क धारा जडान गर्न उनको आग्रह थियो ।

    भरतपुर १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वाले भरतपुर महानगरको पहलमा खानेपानी ट्यांकी निर्माणसंगै घरघरमा धारा बिस्तार भएपछि आफ्ना वडावासीलाई धेरै लाभ भएको बताए । उनले आफ्नो वडाको विकासका लागि वडाबाट गएको कुनै पनि फाईल आजका मितिसम्म महानगरबाट फिर्ता नआएको र हरेक योजनामा महानगर प्रमुख र उपप्रमुखको साथ रहेको बताए । संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका प्रमुख जगन्नाथ दासले सबैको साथ र सहयोगले निर्धारित अवधिभन्दा अगाडि नै कामले पूर्णता पाएको बताए । उपभोक्ता समितिका अध्यक्ष मदन घिमिरेले सबै सरोकारवाला निकायको साथ र सहययोगका कारण निर्धारित मितिभन्दा चाँडो काम सम्पन्न गरी उपभोक्तालाई खानेपानी प्रदान गर्न सकिएको भन्दै सबैलाई आभार प्रकट गरे ।

     

     

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • २.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.