काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशनका लागि आयोजक समिति गठन गरेको छ। वैशाख तेस्रो साता काठमाडौमा हुने केन्द्रीय महाधिवेशनका लागि पार्टीका अध्यक्षहरू कमल थापा, पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीको अध्यक्षतामा महाधिवेशन आयोजक समिति गठन भएको हो ।
सचिवालयका दुई प्रमुखहरु सदस्य सचिव, दुई कोषाध्यक्षहरु कोषाध्यक्ष र कार्यसम्पादन समितिका सबै सदस्यहरु सदस्य रहने गरी समिति गठन गरेको नेता मोहन श्रेष्ठले बताए ।








