काठमाडौं । देशभरको मौसम बुधबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने छ । अपरान्ह पश्चात देशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्टयाङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राति देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ।








