हेटौडा । मकवानपुर प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ४ बस्ने २९ वर्षीय प्रेम राई र राक्सिराङ गाउँपालिका वडा नम्वर ३ बस्ने २१ वर्षीय प्रकाश थिङलाई नियनत्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालका अनुसार, गत फागुन २४ गते हेटौँडा उपमहानगरपालिका– १८ बस्ने २९ वर्षीय जगदिश ढुङ्गानाको हेटौंडा–४ हुप्राचौरस्थित सडक छेउमा पार्किङ गरी राखेको बा ८० प ५०४५ नम्वरको पल्सर मोटरसाईकल हराएको भनी जिल्ला प्रहरीमा निवेदन परेको थियो ।
सोही निवेदनको आधारमा उक्त मोटरसाईकल खोजतलास गर्ने क्रममा वडा प्रहरी कार्यालय सानोपोखरा मकवानपुरबाट खटिएको प्रहरी टोलीले फागुन २४ गते मंगलबार हेटौँडा–४ हुप्राचौरस्थित सडकबाट फेला परेको र निजहरुलाई नियन्त्रणमा लिइएको जनाएको छ । उनीहरु दुबै जनालाई नियन्त्रणमा लिई घटनाको विषयमा आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।








