काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। चैत १ गते आइतबार केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई अलग्याइदिएपछि पहिलो पटक एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।
यद्यपी, कति बजे, कहाँ बैठक बस्ने भन्नेबारे तोकिसकिएको छैन। यसबारे आज शीर्ष नेताहरुसँग छलफल भएपछि मात्रै एकीन हुने एक नेताले जानकारी दिए ।








