काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८६ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ६ सयले घटेर ८६ हजार २ सयमा रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८५ हजार ७५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








