काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच छलफल भएको छ । शुक्रबार काँग्रेस सभापति शेरबहादुर देउवाको निवासमा काँग्रेस र जसपा नेताहरूबीच छलफल भएको हो । छलफलमा जसपाले कांग्रेसलाई सत्तामा सहकार्य गरेर जाने प्रस्ताव गरेको बताइएको छ ।
तर, ठोस सहमति भने नभएको छलफलपछि जसपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए । ‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ’ उनले भने । अब माओवादी केन्द्रसँग पनि छलफल गर्ने अध्यक्ष ठाकुरको भनाई छ । जसपाको संसदीय दलको बैठकपछि अध्यक्षद्वय ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राईलगायतका नेता बुढानिलकण्ठ पुगेका थिए ।








