काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सत्ता समीकरण र एमालेतर्फ लागेका नेतामाथि कारबाही प्रक्रियालगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजे बस्ने तय भएको छ । शुक्रबार नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच नयाँ समीकरणबारे सकारात्मक छलफल भएलगत्तै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक आह्वान गरेका हुन् ।
शक्रबार मात्र एमालेको ओली समूहको केन्द्रीय कमिटी बैठकले पूर्वमाओवादीतर्फका २३ नेतालाई केन्द्रीय सदस्य बनाएको छ । उनीहरुलाई पार्टीमै फर्कन आह्वान गर्ने र नआए कारबाही प्रक्रिया सुरु गर्ने माओवादी केन्द्रको तयारीछ ।








