हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) का केन्द्रीय अध्यक्ष कमल थापाले अब राप्रपा नफुट्ने दाबी गरेका छन् ।आज गृह जिल्ला मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको राप्रपा नगर अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष थापाले आउँदो दिनमा राप्रपा नफुट्ने बताएका हुन् । उनले पार्टीका कार्यकर्ताहरुलाई अब राप्रपा फुट्छ कि भन्ने चिन्ता नलिन आग्रह समेत गरेका छन् ।
उनले भने,‘तपाईहरु सबैलाई थाहा छ गएको २०७३ सालको केन्द्रीय महाधिवेशनबाट हामी नेतृत्वमा गयौ तर दुर्भाग्यवश केही साथिहरुले पार्टी फुटाउने जर्मको गरे । तर मलाई खुशि लागेको छ । तपाईहरुलाई यो भन्दा मलाई गौरवको अनुभव हुन्छ । की मेरो ४ वर्षे कार्यकाल नसकिदै फेरी पार्टीलाई एक गराउने काम भएको छ । तेती मात्र हैन पार्टी एकतालाई कहिल्लै टुट्न नदिनका निम्ति मैले हाम्रा दुई अध्यक्षहरु पशुपति शमशेर राणा र प्रकाशचन्द लोहनीलाई गिता छोयर कसम खान लगाएको छु । अब फेरी पार्टी फुटाउने छैनौ भनेर दुई अध्यक्षलाई गिता छुन लगाएर कसम खुवाएको छु । त्यसकारणले गर्दा पार्टी फुट्दैन् ।’
अध्यक्ष थापाले कम्युनिस्ट सरकारले जनस्थरको काम गर्न नसकेको भन्दै अब राप्रपाले देशको नेतृत्व लिनुपेर्न समय आएको बताए । अध्यक्ष थापाले भने,‘आगामी निर्वाचन सम्ममा हामीले आफ्नै खुट्टामा उभिएर आफ्नै शक्तिको आधारमा राप्रपाको नेतृत्वमा सरकार बनाउने अभियानलाई साकार पार्नुपर्दछ । जबसम्म राप्रपाको नेतृत्वमा सरकार बन्ने स्थिति हुदैन् तबसम्म देशमा अस्थिरता,अजारकता र भ्रष्टचारको श्रृखला चलिरहन्छ् । त्यसकारण अब हामीले आफ्नै शक्तिको आडमा जनताको विश्वास जितेर राप्रपाको नेतृत्वमा सरकार बनाउने अभियान देशव्यापी रुपमा सुरु गर्नुपर्दछ ।
र त्यसक्रममा यो महाधिवेशनले र आगामीे महाधिवेशनले महत्वपूर्ण मार्गदर्शन गर्ने छ भन्ने मैले आशा र विश्वास लिएको छु । पार्टी अब एकताबद्ध रहन्छ । अब पार्टीका कुनैपनि कार्यकर्ताहरुले पार्टीको एकताबार चिन्ता गर्नुपदैन् । विगतमा पटकपटक राप्रपा फुटेको कारण,फेरी महाधिवेशन भएपछि पार्टी फुट्छ कि भन्ने कतिपयलाई आशंका छ । अब त्यो गल्ती राप्रपाबाट कहिल्लै पनि हुनेछैन् । पार्टीलाई एक गराउनको लागि हामीले हरसम्भव प्रयास गरेका छौ ।’ अध्यक्ष थापाले कम्युनिस्ट र कांग्रेसले जनतालाई धोका दिएको आरोप समेत लगाए ।
उनले प्रजातन्त्रको निमित्त,जनताको हक र अधिकारको रक्षाको निमित्त ताजा जनादेशको निमित्त सडकमा जानु पर्ने स्थित आउन सक्ने भन्दै तयार रहन समेत आग्रह गरे । उनले बैशाखमा हुने राप्रपाको महाधिवेशन पछि भ्रष्टचार विरुद्धको संघर्षको कार्यहरु सुरु गर्ने बताए। उनले धर्म परिवर्तन ,कुशासन र सर्वसत्तावादको विरुद्धमा सशक्त जनदवाद र जनसंघर्षको सिर्जना गर्नुपर्ने आवश्कता रहेको बताए ।
अध्यक्ष थापाले कम्युनिस्ट र कांग्रेस असफल भएको अवस्थामा प्रजातन्त्रको निम्ति,जनताको हक र अधिकारको रक्षाको निम्ति,देशमा शान्ति र स्थाईत्व कायम गरेर,आर्थिक समृद्धको लक्ष्य हासिलको लागि अब राप्रपा बाहेक अर्को कुनै शक्ति नभएको दाबी गरेका थिए ।








