काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज (आइतबार) बस्दै छ । शनिवार बसेको स्थायी कमिटी बैठकले एमालेमा गएका गृहमन्त्री रामबहादुर थापासहित आफ्ना नेताहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन आग्रह गरेको माओवादी केन्द्रले उनीहरूलाई कारबाही गर्ने तयारी गरेको छ ।
यस्तै हिजोको बैठकले चैत २ गतेका लागि आह्वान गरिएको राष्ट्रिय कार्यकर्ता भेला पनि स्थगित गरेको छ । हिजोको बैठकले एमालेको केन्द्रीय समितिमा सिफारिस भएका माओवादी केन्द्रका २३ जना नेतालाई आफ्नो पोजिशन २४ घण्टाभित्र स्पष्ट पार्न पनि निर्देशन दिएको थियो ।








