चितवन । “बजाज शन्यू अफर” अन्तरगत बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता एन. के मोटर्स हाकिमचोकमा ललितपुर निवासि दामोदर पौडेलले पल्सर मोटरसाइकलको खरिद गर्दा रु एक लाख नगद उपहार हात पारेका छन ।
आइतबार पल्सर मोटरसाइकलको खरिद गर्ने क्रममा पौडेललाई सो उपहार परेको हो । नया वर्षको अवसर पारेर आजदेखि अनलाइन स्क्राच अफर देशैभर सञ्चालनमा ल्याएको छ ।
जस अन्तरगत पहिलो दिन नै पहिलो ग्राहक दामोदर पौडेलले रु १ लाख नगद उपहार जित्न सफल भएको एन .के मोटर्सका संचालक निर्मल कंडेलले जानकारी दिनुभयो । यस योजना अन्तर्गत रु १० लाखसम्म नगत उपहार प्राप्त गर्न सक्ने संचालक कंडेलले जानकारी दिनुभयो ।








