काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भ–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहेको छ ।महाशाखाका अनुसार आगामी ३ दिन सम्म मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।
आज देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।३ गते देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ।
देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । ४ गते देशको पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुको मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । आगमी २४ घण्टामा कर्णाली प्रदेश, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानहरुमा मेघगर्जन चट्टयाङ्ग रहावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।








