काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ । केही समय अघिबाट बैठक जारी छ ।
बैठकमा एमालेमा लागेका नेताहरूलाई कारबाही, सत्ता समीकरण, सरकारलाई दिएको समर्थन र पार्टीको आगामी रणनीतिबारे छलफल हुने स्रोतले बताएको छ । आइतबार पनि झन्डै ४ घन्टा बसेर बैठक स्थगित भएको थियो । उक्त बैठकमा विभिन्न प्रदेशका नेताहरूले आफ्नो प्रदेशको अवस्थाबारे रिपोर्टिङ गरेका थिए।








