चितवन । आनन्द मार्ग सेन्टर टोल विकास संस्था चितवनले बुधबार राहत वितरण गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि सरकारले गरेको लकडाउनबाट प्रभावित भएका विपन्न वर्ग तथा घरभाडामा बसेकाहरुलाई राहत वितरण गरिएको संस्थाका अध्यक्ष माधवप्रसाद पौडेलले बताए ।
लकडाउन भएपछि विपन्न वर्ग तथा घरभाडामा बस्दै आएका परिवारलाई समस्या परेको जानकारी पाएपछि संस्थाले विवरण संकलन गरेर वास्तविक अभावमा परेकालाई राहत वितरण गरेको संस्थाका अध्यक्ष पौडेलले बताए । उनका अनुसार टोलमा २० जना विपन्न वर्ग तथा घरभाडामा बसेकाहरु छन् र घरका सदस्यका आधारमा राहत बाँडिएको हो । घरका सदस्य १ देखि २ जना भएकालाई ५ किलो चामल, दाल १ केजी र १ पोका नुन तथा ३ देखि माथि सदस्य भएकालाई १० केजी चामल, १ केजी दाल, १ पोका नुन दिइएको उनले जानकारी दिए ।
भरतपुर महानगरपालिका वडा नं। ३ का वडाअध्यक्ष चन्द्रमित्र पण्डित, जनप्रतिनिधि लगायत र संस्थाका अध्यक्षसँग सहकार्य गरी उक्त राहत वितरण गरिएको हो ।








