काठमाडौं। काठमाडौंको चन्द्रागिरीमा टिपर दुर्घटना हुँदा भीमफेदीका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका चालक मकवानपुर भिमफेदी-२ का २५ वर्षीय विनोद बल रहेका छन् ।
चन्द्रागिरी-२ मसिने भिरमा आइतबार राति ग्राबेल बोकेर वाणभञ्ज्याङतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ क ५९९ नम्बरको टिपर सडकबाट ६ सय मिटर तल खसेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।








