काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएकी छन् । सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग मङ्गलबार अपरान्ह् ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारीका अनुसार संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।
बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो । सर्वदलीय बैठकमार्फत राष्ट्रपतिले दललाई मुलुकको आन्तरिक समस्यालाई समझदारीबाट टुंग्याउँदै अघि बढ्न आग्रह गर्ने बताइएको छ ।








