नवलपुर । जिल्ला प्रहरी कार्यालय वर्दघाट सुस्ता पूर्वले हुप्सेकोट गाउपालिकाबाट सालको काठ बरामद गरेको छ ।
४३.३१ क्युफिट अर्थात ८६ थान सालको काठ बरामद गरेको हो । हुप्सेकोट गाउपालिका ३ गिरुबारी खोलामा वडा नं २ बाट ३ नम्बर वडामा आउदै गरेको लु १ ज १८८८ नं को बलेरो पिकअपलाई संका लागि चेकजाँच गर्दा सालको काठ बरामद भएको प्रहरी नायब उपरिक्षक दिलिप कुमार गिरीले जानकारी दिनु भयो ।
बरामद भएको चिरान काठ सहित पिकअप भ्यानलाई कारबाहिको लागि डिविजन बन कार्यालय कावासोति पढाईएको समेत गिरीले जानकारी दिनु भएको छ ।








