चितवन । नेपाल तरुण दलले चितवनमा राष्ट्रिय भेला आयोजना गर्न लागेको छ । नेपाली काँग्रेस केन्द्रिय तरुण विभागको आयोजनामा तरुणको राष्ट्रिय भेला गर्न लागेको हो ।
शनिवार हुने कार्यक्रमलाई सम्बोधन गर्न नेपाली काग्रेसका सुभापति शेरबहादुर देउवा चितवन आउनुहुने भएको छ । रत्ननगर निपनी स्थित होटल स्टार बैंकटमा विहान साढे ११ बजे कार्यक्रमको उदघाटन हुने कार्यक्रम रहको छ ।
सभापति देउवासंगै सहमहामन्त्री प्रकाशशरण महत , काँग्रेस तरुण विभाग संयोजक नेपाली काँग्रेसका केन्द्रीय सदस्य पूर्व मन्त्रि शंकर भण्डारी , केन्द्रीय सदस्य देवेन्द्रराज कंडेलले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएकोछ ।
भेला अघि विभिन्न जिल्लाबाट सुरु हुने मोटरसाईकल ¥याली चितवन आउने छ । पूर्वको मकवानपुर , पश्चिमको नवलपुर , दक्षिणको माडीबाट मोटरसाईकल ¥याली सुरु हुने नेपाली काँग्रेस बाग्मती प्रदेश तरुण विभागका सदस्य हेमन्त पाख्रीनले बताए । कार्यक्रमको सम्पूर्ण ब्यवस्थापन पुरा भएको पाख्रीनले बताए ।








