नवलपुर । नवलपुरको कावासोती स्कुटर दुर्घटना हुदा एक जनाको ज्यान गएको छ । कावासोती ८ खरकट्टा जंगलमा गएराती स्कुटर दुर्घटना हुदा कावासोती २ का बर्ष ३५ का जीवन रानाको ज्यान गएको जिल्ल प्रहरी कार्यलय नवलपुरले जानकारी दिएको छ ।
खरकट्टा जंगलमा लु ५८ प ७०४८ नंको स्कुटरसगै एक पुरुष लडिरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलयले मृतक रानालाई उद्दार गरि मध्यबिन्दु अस्पताल पठाएको थियो । जिल्ला अस्पताल मध्यबिन्दुले उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर रिफर गरएका रानालाई चिकित्सकले मृत घोषणा गरेको प्रहरी जानकारी दिएको छ ।
दुर्घटना कसरी भयो भनेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलयले जानकारी दिएको छ








