काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सयले घटेर ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ।
तेजावी सुनको मूल्य तोलाको ८६ हजार २५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १५ रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








