चितवन। नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा आएको बताउनुभयो । आज भरतपुर बिमानस्थलमा पत्रकार सग कुरा गर्दै उहाँले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले चालेको प्रतिगमनकारी कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको भन्दै उहाँले कांग्रेसको काँधमा जिम्मेवारी आएको बताउनुभयो ।
उहाँले अबको १५ दिन भित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताउनुभयो । महामन्त्री कोइरालाले सरकार परिवर्तन हुने विषयमा कांग्रेस, जनता समाजवादी र माओवादी पार्टी बीच छलफल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ मधेशवादी दल र माओवादी केन्द्र बीच भएको छलफल निष्कर्षमा पुग्छ र कांग्रेसको नेतृत्वमा सरकार बन्छ ।”
उहाँले अहिले अवस्थामा कांग्रेस पर्ख र हेरको विचमा रहिरहेको छ । उहाँले थप्दै भन्नुभयो माओवादी केन्द्र सरकारमा रहिरहेका कारण केही समय लागेको छ । उहाँले भन्नुभयो, “अहिले माओवादी केन्द्र सरकामा छ । उनीहरु फर्कन्छन् कि फर्कँदैनन् भन्ने हेर्नुपर्छ । तर हाम्रो प्रयत्न माओवादी केन्द्रलाई अहिलेको सरकारबाट बाहिर ल्याउने रहेको छ ।








