चितवन । श्रीपाली सुयल थापा प्रतिष्ठान नेपाल चितवन जिल्लाको अध्यक्षमा कृष्ण बहादुर थापा चयन हुनु भएको छ । श्रीपाली सुयल थापा प्रतिष्ठान नेपाल चितवन जिल्ला तथा प्रदेश स्तरीय भेला एवं चौथो वार्षिक साधरण सभाले कृष्ण बहादुर थापाको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जस्को उपाध्यक्षमा प्रदिप थापा, सचिवमा पदम बहादुर थापा, कोषाध्यक्षमा बिकास थापा, सदस्यहरुमा रमेश थापा, बिन्दु थापा, कमल थापा रहनु भएको छ । राप्रापाका अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यतामा भएको भेलाले बाग्मती प्रदेशको सह संयोजकमा रामचन्द्र थापा र सचिवमा सुनिता थापालाई चयन गरिएको छ ।
भेलालाई सम्बोधन गर्दे अध्यक्ष थापाले बिभिन्न जात जातीले आ आफ्नो धर्म र संस्कृतिलाई जोगाउने बताउनु भयो । उहाँले हिन्दु सनातन धर्मलाई जोगाउनको लागी थापाहरुको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । उहाँले ईतिहासमा थापाहरुले दशको लागि अतुलनीय ओगदान पु¥याएको बताउदै उहाँहरु प्रति सम्झना प्रकट गर्नु भएको थियो ।
निवर्तमान अध्यक्ष प्रेम थापाको अध्यक्षतामा भएको भेलामा राष्ट्रपतिका प्रमुख सुरक्षा सल्लाहकार नेत्र बहादुर थापा लगाएतको सहभागीता रहेको थियो । कार्यक्रम सचिव अम्बर बहादुर थापाले सञ्चालन गर्नु भएको थियो ।








