फाइल फोटो
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई विदेशीले हुर्काएको आरोप लगाएका छन् ।
आइतबार पेरिसडाँडामा ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त गर्न ओलीलाई विदेशीको साथ रहेको बताउँदै प्रचण्डले भने, ‘केपीलाई विदेशीले हुर्काएका हुन् । संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त केपी ओलीबाटै हुन्छ भनेर उनैलाई हुर्काइएको छ ।’








