चितवन । लायन्स क्लब अफ नारायणगढ बालकुमारीले २०७७ चैत्र ९ गते बार्षिक अधिवेशन गरी बर्ष २०२१–२०२२ का लागि नेतृत्व चयन गरेको छ । क्षेत्रपुरको दियालो फुडल्याण्डमा आज सम्पन्न अधिवेशनलाई क्लबका पुर्व अध्यक्षहरु ईश्वर कुमार राजभन्डारी, नेत्र प्रसाद आचार्य र बाल गोपाल चुकेको सहजीकरणमा नयाँ नेत्रित्व चयन गरेको थियो ।
बर्ष २०२१–२०२२ का लागि ध्रुव कुमार पौडेलको अध्यक्षता रहने गरी निवर्तमान अध्यक्ष हरिराम पौडेल, प्रथम दित्तिय र तृतिय उपाध्यक्षमा क्रमशः शंकर आचार्य, रामजी थापा तथा कृष्ण तामाङ्ग सचिवमा शेर बहादुर पौडेल, कोषाध्यक्षमा शिव श्रेष्ठ, सह सचिव गोविन्द पराजुली, सह कोषाध्यक्षमा अशोक न्यौपाने, निर्देशकहरु ललितमान श्रेष्ठ, गणेश भट्टराई, तारानाथ बराल र गोविन्द प्रसाद श्रेष्ठ चयन हुनुभएको छ ।
त्यस्तै गरेर पब्लिक रिलेसन अफिसरमा ईश्वरी प्रसाद खराल, टेल टुइस्टरमा राजेश जोशी, टेमरमा नेत्र प्रसाद आचार्य, मेम्बरशिप चियरपर्सन लोक बहादुर रानाभाट,एलसिआइएफ कोअर्डिनेटरमा अभिमन्यु श्रेष्ठलाई चयन गरेको थियो । समाजिक सेवा भाव “हामी सेवा गर्छौ।“ भन्ने मुल नारा बोकेको लायन्स क्लब विश्व स्तरमा स्थापित संसारकै ठुलो अन्तराष्ट्रिय संस्था हो भने लायन्स क्लब अफ नारायणगढ बालकुमारी स्थानिय रुपमा परीचित र लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि २ नेपालको एक लोकप्रिय र अब्बल क्लबको रुपमा रहेको क्लव छ ।
विगत बर्षहरुमा झै यस आउने बर्ष पनि क्लबले खानेपानी, स्वास्थ्य, शिक्षाका दिर्घकालिन कार्यक्रमलाई निरन्तरता दिने जानकारी वर्ष २०२१–२०२२ का लागि अध्यक्ष चयन हुनुभएका ध्रुव कुमार पौडेलले प्रतिबद्धता व्यक्त गर्नुभयो । नियमित रुपामा आयोजित भैरहेका कार्यक्रमहरु जस्तै रक्तदान, छात्रवृत्ती, स्टेसनरी तथा शैक्षिक सामाग्रीहरु बितरण, बृद्धबृद्धा तथा विद्यार्थीहरुका लागी खाना तथा दिवा खाजाका कार्यक्रम लगायत दैबी प्रकोपका समयमा सहयोगका कार्यक्रम गर्ने जानकारी निर्वाचित अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
वर्ष २०२०–२०२१ का अध्यक्ष हरिराम पौडेलको अध्यक्षतामा सम्पन्न भएको अधिवेशन कार्यक्रममा लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि २ नेपालका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर राम प्रसाद भट्टको प्रमुख आतिथि रहनुभएको थियो भने पूर्व डिष्ट्रिक्ट गभर्नर राजकुमार श्रेष्ठ विशिष्ट अतिथि र अतिथि डिष्ट्रिक्ट ३२५ बि २ नेपालका नवराज सापकोटा, दिनानाथ न्यौपाने र नारायण शर्मा रहनुभएको थियो ।
उपस्थित अतिथिज्यूहरुबाट नवनिर्वाचित समितिलाई शुभकामना तथा वधाई व्यक्त गर्दै क्लवले आर्जन गरेको साखलाई अझै उचो राख्न नयाँ नेतृत्व महत्वपूर्ण कार्यहरु गर्नेमा आफुहरु विश्वस्त रहेको कुरा व्यक्त गर्नुभएको थियो ।








