काठमाडौं । नेपाली कांग्रेसका नेता रमेश लेखकले सरकारले नेतृत्व लिन पार्टी तयार रहेको बताएका छन् । पार्टी कार्यालय सानेपामा सोमबार बसेको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकपछि उनले आवश्यक परे सरकारको नेतृत्व गर्न पार्टी तयार रहेको बताएका हुन् ।
उनले आवश्यकता नेपाली कांग्रेस भने बैकल्पिक सरकार दिन तयार रहेको तर अझै परिस्थिति सुनिश्चित र परिपक्क भने भई नसकेको बताए । बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले क्रियाशिल सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमिकमजोरी लगायत बारे जानकारी गराएको थियो ।
क्रियाशिल सदस्यता सुरु नै नभएका सप्तरी, सिरहा, धनुषा, रसुवा, बारा, बर्दिया, बाँके, रुकुम पुर्व र डोल्पाका सम्बन्धमा कसरी अगाडि बढ्ने बारेमा बैठकमा छलफल भएको नेता लेखकले जानकारी दिए ।
सोमबार सम्म जम्मा ३ लाख ९२ हजार ७ सय ९४ जनाले क्रियाशिल सदस्यताको सम्पुर्ण जानकारी इन्ट्री भईसकेको र त्यसमध्ये नया १ लाख ८० हजार २ सय ७५ जना र नविकरण भएकोमा २ लाख १२ हजार ५ सय १९ जना रहेको उनले बताए । नेता लेखकका अनुसार मुलुकभर १० लाख क्रियाशिल सदस्य रहेको अनुमान कांग्रेसले गरेको छ ।
कांग्रेसले महाधिवेशनको पुर्वसन्धयामा नविकरण र नया वितरणका लागि आज मंगलबारसम्मको समय दिएको थियो ।








