चितवन । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को माडी क्याम्पस ईकाई अध्यक्षमा रवि भुर्तेल चयन हुनुभएको छ । क्याम्पसमा मंगलबार सम्पन्न एकाई सम्मेलनबाट भुर्तेलको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।
समिटिको उपाध्यक्षमा सुदिप सुनार, सचिवमा स्मृति गौतम तथा सह-सचिवमा अनिता भट्टराई र सन्ध्या लामिछाने चयन हुनुभएको हो । त्यस्तै, कोषाध्यक्षमा सुभाष महतो तथा सह-कोषाध्यक्षमा सुदिप भुसाल र सागर परियार चयन हुनुभएको छ ।
अखिल (क्रान्तिकारी) माडी क्याम्पस ईकाई समितिका पूर्व अध्यक्ष पदम विलाश पन्तको अध्यक्षतामा सम्पन्न भेलामा सो संगठनका विद्यार्थी नेताहरु मिलन पनेरू र सुशील देबकोटाको आतिथ्य रहेको थियो ।








