चितवन। चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । ‘लामपुच्छ्रे चाचर’ नाम गरेको यो चराको फोटो चितवनमा पहिलो पटक मिलन तामाङ्गले खिचेका थिए ।
१५ सय मिटर देखि ४ हजार मिटर उचाईमा पाईने यो चितवनमा पहिलो पटक देखिएको बर्ड एसोसियसन चितवनका अध्यक्ष रमेश चौधरीले बताउनु भयो ।यो चरा अहिलेसम्म चितवनमा देखिएको थिएन । उच्च भुभाग मात्र पाइने यो चरा नेपालको संरक्षित क्षेत्र शिबपुरी नागार्जुनमा हिउँदयाममा आक्कल झुक्कल देखिने गरेको अध्यक्ष चौधरीले बताउनु भयो ।
यो चरासमेत अब चितवनमा ६ सय ५७ प्रजातिका चरा पाइन्छन ।यो चरा भुटान, चीन, लावसऽ म्यानमार, थाइल्याण्ड, भितयतनामा पाइने गरेको छ ।।








