काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८६ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा रुपैयाँमा कारोबार भैरहेको छ ।
तेजावी सुनको मूल्य तोलाको ८६ हजार २५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








