फाइल फोटो
काठमाडौं । ट्याक्सीमा घुमाउने वाहानामा विभिन्न प्रलोभन देखाइ भारतको मुम्बई पुर्याइ मानव वेचविखन गरेको अभियोग लागेका अभियुक्त २८ पछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर चांगुनारायण नगरपालिका–८ जितपुरका वर्ष ६८ का रामशरण पण्डित भन्ने रामशरण पण्डित क्षेत्री रहेका मानव वेचबिखन अनुसन्धान व्यूरोले जनाएको छ । पण्डितले विभिन्न कामको सिलसिलामा काठमाडौंको बालाजु क्षेत्रमा आएका दुई महिलालाई ट्याक्सीमा घुमाउन लैजाने भन्दै विभिन्न व्यक्तिसँग भेट गराएका थिए ।
उनले भारतको महाराष्ट्रमा हीरा पाउँछ महिलाले लुकाई नेपाल ल्याउँदा पक्राउ पर्दैन भनि ती दुई महिलालाई प्रलोभनमा पारेर भारत पुर्याइएकोे प्रहरीले जनाएको छ । पण्डितले बाटोमा लाग्ने सबै खर्च आफैं बेहोर्ने र हीरा सुरक्षित ल्याए वापत जनही ६ हजारका दरले ज्याला दिन्छौं भनि भारत पुर्याएका थिए । निम्न आर्थिक अवस्था भएका दुई महिलाहरुलाई २०४९ सालमा नै काठमाडौं कलंकीबाट वीरगंजको रक्सौल नाका हुँदै मुम्बई पुर्याइको प्रहरीले जनाएको छ ।
पण्डितले कोठी संचालिकाहरुसँग भेट गराएका थिए । पण्डितले अब तिमीहरु यिनिहरुसँग बस्ने हो भन्दै एकैछिनमा फर्कने आश्वासन दिई आफू त्यहाँबाट फरार भएका थिए । पीडित २ महिलाहरुले ५ दिन पछि आफूहरु ३५ हजारमा बेचिएको थाहा पाएका थिए । काम नगरे मार्ने धम्की दिएर अनैतिक कृयाकलाप गर्न बाध्य पारेको पीडितले प्रहरीलाई बताएका छन् ।
लामो समय पछी उनीहरु मुम्बई प्रहरीको सहयोगमा उद्दार भई नेपाल फिर्ता भएका थिए । पीडितले २०४९ साल भदौ १२ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा जाहेरी दिएको प्रहरीले विज्ञप्तीमा उल्लेख गरेको छ । पण्डित साउदी अरबमा १२ वर्ष तथा नेपालका विभिन्न ठाउँहरुमा लुकिछिपी बसेका व्यूरोले जनाएको छ ।








