चितवन । नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसन जिल्ला कार्यसमिति चितवनले नयाँ नेतृत्व चयन गरेको छ । शाखाको सातौँ अधिवेशनले नन्दलाल महतोको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन गरेको हो ।
समितिको उपाध्यक्षमा गोमा न्यौपाने, सचिवमा श्रीराम सापकोटा, कोषाध्यक्षमा शेखरनाथ पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा रामगोपाल श्रेष्ठ, तीर्थराज पोख्रेल, पृथ्वीदेवी सुवेदी, हरिहर दवाडी, सरोज काफ्ले निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
अधिबेशनको उद्धघाटन शनिबार भएएको थियो । अन्य पदहरु सोही दिन चयन गरिएपनि अध्यक्षको पदको चयन भने आज गरिएको हो ।








