• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

माओवादी केन्द्रलाई बलियो कम्यूनिष्ट पार्टी बनाउँछौः जनार्दन शर्मा

  •   शुक्रबार, चैत १३, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    हेटौंडा । नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्र्री जनार्दन शर्मा ‘प्रभाकर’ले पार्टीलाई केन्द्रसँगै गाउँतहबाट सुद्धीकरण गरी बलियो कम्यूनिष्ट पार्टी बनाउँने बताएका छन् । माओवादी केन्द्र मकवानपुरका नेता–कार्यकर्तासँग शुक्रबार हेटौंडास्थित पार्टी कार्यालयमा भेटघाट गर्दै उनले राष्ट्र, राष्ट्रियता, स्वाधिनता र आत्मनिर्णयको अधिकारको पक्षमा सशक्त रुपमा अघि बढ्नुको विकल्प नभएकोमा जोड दिए ।

    ‘नेपालमा कम्यूनिष्ट आन्दोलन अहिले गम्भीर अवस्थामा पुगेको छ,’ उनले भने, ‘राष्ट्र र स्वाधिनतामाथि हमला भएकाले राष्ट्रवादी कम्यूनिष्टहरु गाउँगाउँबाट उठ्नुपर्ने बेला आएको छ ।’ पूर्ण–समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष कार्यकारी राष्ट्र प्रमुख र पहिचानसहितको नेपाल निर्माण अहिलेको प्रमुख माग रहेको भन्दै उनले त्यसका लागि माओवादी केन्द्रले नेतृत्वदायी र जुझारु रुपले भुमिका खेल्नुपर्ने बताए ।

    पुँजीवादमा निर्भर हुँदा नेपालमा गरिब झन गरिब र धनी झन धनी बन्दै गएको भन्दै उनले राज्यले बजारको अनुगमन मात्र गर्दा जनता धेरै मारमा परेको बताए । ‘विश्वभर पूर्णपुँजीवादी व्यबस्था असफल भईसकेको छ,’ उनले भने, ‘राज्य नियन्त्रित पुँजीवाद अर्थात् समाजवाद आवश्यक भईसकेको छ ।’

    नेपालमा समाजवाद प्राप्त गर्न नेतृत्व गर्ने पार्टी आवश्यक भएको भन्दै त्यसका लागि माओवादी केन्द्रलाई उत्पादनसँग जोडिएको पार्टी बनाउनुपर्नेमा स्थायी कमिटी सदस्य प्रभाकरले जोड दिए । पार्टीका सबै कमिटी आन्तरिक जनवाद(लोकतन्त्र)मुलक बनाउनुपर्ने भन्दै सबै नेता, कार्यकर्ता गम्भीर भई गाउँगाउँमा संगठन विस्तारमा तत्काल लाग्न उनले आग्रह गरे ।

    माओवादी केन्द्रलाई गरिव, विपन्न, उत्पीडित वर्गको पार्टी बनाउँन देशभर २० लाख घर, परिवारलाई पार्टीमा संगठित गर्नुपर्ने भन्दै उनले पार्टीले एकता अभियानलाई सँगसँगै लगेर देश र जनताका पक्षमा काम गर्ने बताए ।

    अर्को फरक प्रसंगमा संघीयता, समावेशी र धर्म निरपेक्षता स्वीकारेर आएकाले एमालेसँग सहकार्य गरेपनि धोका भएको जिकिर गरे । सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) फुटाउने फैसला गरेर आत्मनिर्णयको अधिकार हनन् गरेको भन्दै शक्ति केन्द्रहरूका कारण अदालतले त्यस्तो गरेको आरोप पनि लगाए ।

    कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का मकवानपुर ईन्चार्ज कुमारी मोक्तान, जिल्ला अध्यक्ष प्रदेश सांसद प्रेमबहादुर पुलामी, नेताहरु ओम घलान, सर्केश घलान, विरबहादुर घलान ‘ज्वाला’, कमानसिं पाख्रिन, प्रकाश पाण्डे, विवेक राई, बालकृष्ण चौलागाई, सुमन पाख्रिन, रामहरी सुवेदी लगायतको सहभागिता रहेको थियो ।

    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान
    नागरिकलाई राज्यप्रति जिम्मेवार बनाउन मुलुकको शिक्षा प्रणालीमा व्यापक सुधार आवश्यकः एमाले वरिष्ठ नेता भण्डारी

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.