हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष थापाले पार्टी नफुट्ने बताएका छन् । आज गृह जिल्ला मकवानपुरमा भएको जिल्ला भेला बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले पार्टी फुट्दा चुुनावमा हार व्यहोरेको बताउँदै एकताको पक्षमा उभिएको बताए । उनले पार्टी एकतालाई टुट्न नदिनका लागि दुई अध्यक्षहरु पशुपति शमशेर राणा र प्रकाशचन्द लोहनीलाई गिता छोयर कसम खान लगाएको समेत स्मरण गर्दै पार्टी एकता नफुट्ने दाबी गरे । उनले राप्रपालाई एकतामा अघि बढएर बलियो राष्ट्रवादी शक्ति निर्माण गर्ने बताए ।
उनले भने,‘देशमा २०६२/६३ को आन्दोलन पछि परिर्वतलाई संस्थागत गर्ने क्रममा,नयाँ नेपाल बनाउने नाउमा नेपालको सधियौदेखि कायम रहँदै आएको हिन्दूराष्टको पहिचानलाई समाप्त गर्ने काम गर्यो । राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिकको रुपमा रहेको राजसंस्थालाई फाल्ने काम भयो । संघियताको नाउमा जातीय आधारमा नेपाली जनतालाई विभाजित गर्ने कार्य गरियो । अहिले करिब १४ वर्ष भैसकेको छ । यो बिचमा लामै समय लागेतापनि संविधानसभाबाट नयाँ संविधान बनिसकेको छ ।
नँया संविधान अनुसार चुनाव भएर झैन्डै दुई तिहाई बहुमतको सरकार पनि गठन भयो । यो १४ वर्षको बिचमा ३ पटक नेकपा एमाले,३ पटक नेपाली कांग्रेस र ३ पटक नेकपा माओवादीको नेतृत्वमा सरकार गठन भएको छ । सनोतिनो भूमिकामा यदाकदा हामी पनि सहभागी भयौ । तर जेजस्तो भएतापनि त्यो १४ वर्ष पछाडी आज हामी कहाँ लुकेका छौ ? नँया नेपाल निर्माण गर्ने,शान्ती र स्थाईत्व कायम गरेर आर्थिक लक्ष्य बोकेर यात्रा सुरु गरको अवस्थामा अहिले हामी ठिक विपरित गन्तव्य आईपुगेका छौ ।
शान्ती र स्थाईत्व,समृद्धिको लागि नेपाली जनताले नेपाल कम्युनिस्ट पार्टीलाई झन्डै दुई तिहाई बहुमत मत प्रदान गरे तर दुई तिहाई मत प्राप्त गरेको सरकारले ,शान्ती,स्थाईत्व र समृद्धि दिने कुरा त परैजाओस् जनतालाई सकारात्मक परिवर्तनको अनुभूति दिन सकेको छैन । सत्ता र कुर्सीको झगडामा दुई तिहाई मत प्राप्त गरेको सरकार अहिले झण्डै तीन चिरामा विभाजनको अवस्थामा पुगेको छ । प्रमुख प्रतिपक्ष दल कांग्रेस निरिह र लाचार बनेको रुपमा देखिएको छ । यो १४ वर्षको बिचमा गलत राजनीतिक अभ्यासले देश भ्रष्टचारको दलदलमा फसेको छ ।’








