• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. बिचौलियाको मारमा किसान

नवलपुरका सामुदायिक वनमा डढेलो : आंँखा पोल्ने समस्याले स्थानीय प्रभावित

  •   शनिबार, चैत १४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    नवलपुर । नवलपुरका विभिन्न सामुदायिक वनमा लागेको आगोले यस क्षेत्रको वायुमण्डल धुवाँले ढाकेको छ । यहाँ रहेका सामुदायिक वनमा लागेको आगोले जिल्लाको सबैजसो क्षेत्रमा अहिले धुवाँमय भएको छ ।

    नवलपुरका अहिले करिब दुई हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालय नवलपुरका सूचना अधिकारी शिव श्रेष्ठले बताए । जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा अहिले पनि डढेलो लागेको भन्ने सूचना आइरहेकाले डढेलो लागेको वनको क्षेत्रफल बढ्न सक्ने सूचना अधिकारी श्रेष्ठले बताए ।

    गत वर्ष नवलपुरमा ६०० हेक्टर क्षेत्रफलमा मात्रै डढेलो लागेकामा यो समय चैतको दोस्रो हप्ताभित्र नै दुई हजार हेक्टर बढी क्षेत्रफलमा डढेलो लागेको उनले बताए । नवलपुरको राजमार्ग क्षेत्रका सामुदायिक वनमा धेरै डढेलो लागेको छ । सूचना अधिकारी श्रेष्ठका अनुसार राजमार्ग आसपासका क्षेत्रमा चुरोट खाएर फालिदिने गर्दा आगलागी हुने गरेको छ ।

    यस्तै, सामुदायिक वनसँग विभिन्न कारणले मनमुटाव रहेका व्यक्तिले रिसले समेत आगो लगाएको पाइएको छ भने वन्यजन्तुको सिकार गर्न तथा वनमा आगो लगाएपछि च्याउ राम्रो आउँछ भनेर पनि आगो लगाउने गरेको उनले बताए ।

    पहिलेपहिले खोरीया फाँड्न वनमा आगो लगाउने चलन भए पनि नवलपुरमा अहिले भने यस्तो नरहेको सूचना अधिकारी श्रेष्ठले बताए । नवलपुरमा करिब ७० हजार ४०० हेक्टर क्षेत्रफलमा वन रहेको छ । नवलपुरमा २०८ वटा सामुदायिक वन, १५३ वटा कबुलियती वन, आठवटा धार्मिक वन, साझेदारी र चक्ला वन एक÷एकवटा रहेको छ । अहिले धेरैजसो वनमा डढेलो लागेको छ । पहाडी क्षेत्रमा लागेको डढेलो नियन्त्रण गर्न मुस्किल देखिएको छ । अप्ठ्यारो स्थानमा लागेको आगो निभाउन असम्भवजस्तै देखिएकाले तत्काल नियन्त्रणमा आउन सक्ने सम्भावना देखिएको छैन ।

    सामुदायिक वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणका लागि वन समूहले प्रयास गरे पनि डढेलोबाट वन जोगाउन भने सकेका छैनन् । अघिल्ला वर्षमा भन्दा यस वर्ष यहाँका सामुदायिक वनले डढेलो नियन्त्रणका लागि प्रभावकारी रुपमा काम नगरेको देखिएको छ । वैज्ञानिक वन व्यवस्थापन प्रणाली खारेजी, काठ दाउरा उपभोगमा लामो समय गरिएको प्रतिबन्धका कारण उपभोक्तामा नैराश्यता देखिएको वैज्ञानिक वन सञ्जाल नवलपुरका अध्यक्ष मधुविलास अधिकारीले बताए । यसै कारणले समेत संरक्षणमा उपभोक्ताको चासो कम भएको अनुमान गरिएको छ ।

    जिल्लाका विभिन्न वन क्षेत्रमा लागेको डढेलोले आकाशमा धुवाँले ढाक्दा आँखा पोल्ने समस्यासमेत देखिएको छ । धुवाँका कारण आँखा पोल्ने, श्वासप्रश्वासमा समेत समस्या उत्पन्न हुन सक्ने मध्यबिन्दु जिल्ला अस्पतालका जनस्वास्थ्य अधिकृत छविलाल सुवेदीले बताए । आँखाको सुरक्षाका लागि चस्मा प्रयोग गर्ने, बेला-बेलामा चिसोपानीले आँखा धुने र श्वासप्रश्वासमा समस्या हुन नदिन मास्क लगाउनेजस्ता उपाय अपनाउन सकिने उनको भनाइ छ । रासस

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.