हेटौंडा ।जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रवेशद्वारमै सेनेटाईजर टनेल जडान गरिएको छ । शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले टनेलको शुभारम्भ गरेका हुन् ।
प्रहरी कार्यालय प्रवेश गर्ने सेवाग्राही र कामका लागि बाहिर गएर आउने प्रहरीलाई लक्षित गरी टनेल जडान भएको हो । कोरोनाको संक्रमणको जोखिम रोक्न टनेल फलदायी हुने मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिह राठौरले जानकारी दिए । कार्यक्रममा मकवानपुरका लायन्स र लियो क्लवका प्रतिनिधि र प्रहरीको सहभागिता रहेको थियो । मकवानपुरका लायन्स र लियो क्लवको संयोजनमा गोदावरी स्टिल्स प्रालिले टनेल सहयोग गरेको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेटैमा सेनेटाईजर टनेल
जिल्ला प्रहरी कार्यालय मकवानपुरको गेटैमा सेनेटाईजर टनेल
- अ
- अ
- अ








