नवलपुर । देवचुली नगरपालिका भित्रका संञ्चारकर्मीहरुलाई शुक्रवार प्रेस ज्याकेट र स्वास्थ्य सामाग्रि प्रदान गरिएको छ । देवचुली नगरपालिका , देवचुली उद्योग वाणिज्य संघ, प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, जागृतिबाल बाल क्लवले संयुक्त रुपमा नगरभित्र रहेका संञ्चारकर्मीहरुलाई स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराएको हो । स्वास्थ्य सामाग्रि हस्तान्तरण गर्दे देवचुली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुप्रसाद भुषालले अहिलेको अवस्थामा संञ्चारकर्मीहरुलाई पनि जोखिम रहेको र उनिहरुको सहयोग र स्वास्थ्यका विषयमा पनि ध्यान दिनु पर्छ भन्ने उद्देश्यले नगरपालिका, देवचुली उद्योग बाणिज्य संघ, प्रगतिनगर खानेपानी, जागृति बाल क्लवले सहयोग प्रदान गरिएको बताए । उनले नगरपालिकाको तर्फबाट नगर भित्रका पत्रकारहरुको स्वास्थ्य परिक्षण गर्ने कार्यक्रम आयोजना गर्ने बताए । यस्तै कार्यक्रममा बोल्दै देवचुली उद्योग बाणिज्य संघका उपाध्यक्ष सत्यनारायण भुषालले लकडाउनको समयमा नगर भित्र , देश विदेशका सुचना समाचार हरेक समयमा प्रदान गर्ने हुदा उनिहरुको सुरक्षा र स्वास्थ्यको ख्याल गर्दे सामाग्रिहरु प्रदान गर्न आवस्यक देखिएकोले पत्रकारहरुलाई सहयोग गरिएको बताए । उनले उघोग बाणिज्य संघको तर्फबाट १२ वटा प्रेस अंकित ज्याकेट प्रदान गरेको बताए ।पत्रकारहरुलाई स्वास्थ्य सामाग्रि प्रदान गर्दे प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषालले पत्रकारहरुलाई अहिलेको अवस्थामा स्वास्थ्य सुरक्षाको आवस्यक रहेको हुदा स्वास्थ्य सुरक्षाकोलागि केहि सामाग्रिहरु हस्तान्तरण गरेको बताए । उनले आगामि दिनमा आवस्यक सहयोग गर्ने बताए । नेपाल पत्रकार महासंघ नवलपुरका सदस्य बिबेक भण्डारीलाई उक्त सामाग्रि हस्तान्तरण गरिएको थियो । सामाग्रि नगर भित्र रहेका संञ्चारगृह र पत्रकारहरुलाई प्रदान गरिएको थियो ।








