हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको बजार क्षेत्रमा बिक्री गर्न राखिएका सामग्रीहरुमा मिसावट भएको भन्दै अनुगमन गर्नका लागि माग गरिएको छ ।
मंगलबार मानव अधिकार समूहका संयोजक चन्द्रावती पनेरु अधिकारीले मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसार रिजाललाई ज्ञापनपत्र बुझाउँदै अनुगमन गर्नका लागि माग गरिएको हो । उनले ज्ञापनपत्र बुझाउँदै उपमहानपालिका भित्रका किराना पसलहरुमा बिक्री गरिने खाद्यान्नका सामग्रीमा मिसावट भएको भन्ने जनगुनासो बढ्दै गएको बताईन् ।
बजार क्षेत्रको मासु पसलमा बिक्रीका लागि राखिएको मासु फोहोर तथा मिसावट रहेको जनगुनासो आएको बताउँदै उनले किराना पसल, मासु पसल र औषधि पसलमा तत्काल अनुगमन गर्नुपर्ने बताईन् ।









