काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बैठक बस्नेछ । संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।
सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रेश गर्ने कार्यसूची छ । यस्तै, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ । नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संसोधन) विद्येयक सम्बन्धी प्रतिवेदन पनि सभापति खड्काले नै पेश गर्नेछिन् ।
बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशी र तत्कालीन संविधानसभा सदस्य लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव पेश गर्ने कार्यसूची पनि छ ।









