काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन् ।
बुधबार बबरमहलस्थित युवा संघ नेपालको नयाँ कार्यालय भवन उद्घाटन गर्दै नेता नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न नदिई नयाँ उचाइमा पर्याउन चाहेको बताएका हुन् ।
‘कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न, धरासयी र बिसर्जन हुन दिने छैनौँ’, नेता नेपालले भने, ‘हामी आन्दोलनलाई नयाँ उचाइमा पु-याउनका चाहान्छौँ।’ यस्तै, नेता नेपालले कार्यालय उद्घाटन गर्ने काममा युवा संघले आफूहरुलाईसमेत उछिनेको भन्दै धन्यवाद दिएका छन् ।
उनले आफूहरु पनि पार्टी कार्यालय खोजीमा लागेको बताउँदै राम्रो ठाउँ पाए खबर गर्नसमेत आग्रह गरेका छन् । ‘हामीले पनि भवनको खोजी गरेका छौँ,” नेता नेपालले भने, “राम्रो ठाउँ पाउनुहुन्छ भने खबर गर्नुहोस् ।’








