काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ। पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेपछिका लागि बैठक बोलाइएको स्रोतले बताएको छ ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रको गठबन्धनलाई खारेज गरिदिएपछि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
माओवादीले समर्थन फिर्ता नलिएपछि नयाँ सत्ता समीकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) पनि अनिर्णीत बनेको छ ।








