काठमाडौं । नेकपा एमालेको खनाल–नेपाल पक्षले आज स्थायी कमिटी बैठक बोलाएको छ । बैठक आज बिहान ११ बजेपछि बस्ने बताईएको छ ।
नेकपा एमालेको ओली पक्षले आफ्नो पक्षका नेतालाई कारबाही गर्न थालेपछि आफ्नो धारणा बनाउन बैठक बोलाइएको हो । नेकपा एमालेले माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यबाटै निलम्बन गरेको छ ।
उनीहरुले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले निलम्बन गरेका हुन् । एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव ईश्वर पोखरेलले नेपाल, रावल, पाण्डे र भुसाललाई स्पष्टीकरण सोधेका थिए ।








