काठमाडौं । काठमाडौंको कीर्तिपुरमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ। बिहिबार बिहान कीर्तिपुर नगरपालिका–६ टौदहस्थित पोखरीमा पौडी खेल्न गएका ४ जनामध्ये दुईजना पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेमा ८ बर्षीय कृष मगर र ११ बर्षीय प्रशान्त सुनुवार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले जानकारी दिएका छन् । उनीहरुको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।
बालकहरूको शव नेपाल प्रहरीको बिपद् ब्यवस्थापनको उद्दार टोली र वृत कीर्तिपुरबाट खटिएका उद्दारकर्ताले करिब १५ फिट गहिराईबाट निकालेका थिए।








