चितवन ।कोरोनाको महामारीकाे राेकथामका लागि लकडाउन भएका बेला चितवन अटो मेकानिकल व्यवसायी संघ र अटोमेकानिकल वचत तथा ऋण सहकारी संस्था,लि ले संयूक्त रुपमा जिल्ला भित्र रहेका यातयात मजदुर, मेकानिक्स, श्रमिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । यातायात मजदुर माथि राज्यको आंँखा नपरेको साथै स्थानीय सरकारले समेत वेवास्ता गरेको भन्दै व्यवसायीहरुले खाद्यान्न सामाग्री वितरण गरेका हुन ।नेपाल अटोमेकानिक्स व्यवसायी महासंघका उपाध्यक्ष एवं चितवन चेम्बरका उपाध्यक्ष गोपाल भट्टराईले यातायात एवं अटोमोबाइल क्षेत्रमा रहेका मजदुर, मेकानिक्स, चालक , सहचालकलाई दैनिक जीवन यापन गर्न कठिन भएकोले राहत सामाग्री वितरण गरिएको बताए । कोरोनाले ल्याएको संकट सामना गर्न लक डाउन गरिएको र दैनिक कामकाज ठप्प भएको बेलामा ‘उनीहरुमाथि नत राज्यको आंँखा पर्यो नत स्थानीय सरकारनै उनले भने, काम र माम नपाएकालाई हामीले राहत वितरण गरेका हौं ।’ उनका अनुसार आज एकसय घर परिवारलाई तीन हप्तालाई पुग्ने चामल, दाल, पिठो, चना, सोयावीन लगायतका खाद्य सामाग्री वितरण गरिएको छ । वितरण कार्यक्रममा बोल्दै अटोमेकानिकल ऋण तथा बचत सहकारीका अध्यक्ष नारायण कंडेलले भारत र चितबन जिल्ला बाहिर घर भएर यहांँ अटोमोवाइल क्षेत्रमा काम गर्ने मजदुरलाई लक्षित गरी राहत सामाग्री वितरण गरिएको बताए । ‘लकडाउनमा विपन्न परिवार, ज्यालमजदुर सबैले राहत पाईरहेको देख्यौ, उनले भने, यातायात मजदुरले हालसम्म केही पाएका छैन् , त्यसैले हामीले यो अभियान थालेका हौं ।’ लकडाउनका कारण यातायात क्षेत्र निकै अस्त व्यस्त रहेको बेलामा यसको निश्चित रुपमा टुंगो नलागेकाले यस क्षेत्रमा कार्य गर्दै आएका यातायात मजदुरहरु लाई राहत सामाग्री वितरण गरिएको उनको भनाई छ । हाल संस्थाले जिल्लामा रहेका जोकोही यातायात मजदुर, श्रमीक , मेकानिक्सलाई राहत लिन आउन आग्रह गरेको छ । आज एकसय जनालाई राहत वितरण गर्ने कार्यक्रम रहेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने कंडेलको भनाई छ । उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संघको ३६ वटा बस्तुगतसंघले लकडाउन शुरुभएदेखिनै राहत वितरण र खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिदै आएको बताए । ‘हरेक उद्योग व्यवसायमा ज्याला मजदुरको उत्तिकै महत्व हुन्छ, उनले भने, विपदको बेलामा हामीले अभिभावक्तको भूमिका निर्वाह गरेका हौं ।’ संस्थागत सामाजिक उत्तरदायित्व बहन र मानवीय धर्म निभाउने उद्धेश्यले उद्योग व्यवसायीले जिल्लाभरनै राहत सामाग्री वितरण कार्यालयलाई तीब्रता दिईदै आएको श्रेष्ठले बताए।








