काठमाडौं । होलिष्टिक माइण्ड्स एण्ड लाइफ सेलिब्रेसन सेन्टर र लायन्स क्लब अफ काठमाडौं निर्बानाको संयुक्त आयोजनामा नियमित माइण्डफूलनेश ध्यानको कार्यक्रम भइरहेको छ । लकडाउनको समयमा घर बाहिर जान नसकेपनि आफै भित्र जाने उत्तम समय भएकोले दैनिक ध्यानको आयोजना गरेको मनोबिद आदर्श प्रधानले बताए । लकडाउनको अबधि भर दैनिक ध्यानको अभ्यास गराई शारिरिक, मानसिक एवं भावनात्मक समस्या आउननदिई तरोताजा राख्न ध्यानले सघाउ पुर्याउने पनि मनोबिद् प्रधानले बताए । बिगत १९ दिन देखि बिहान ६.३० बजे जुमको माध्यामबाट ध्यानको अभ्यास गरिरहेको पनि मनोबिद् प्रधानले बताए । लकडाउनको समयमा नोबेल कोरोनाको डरले उत्मन्न भएको मनोबैज्ञानिक समस्यालाई निशुल्क अनलाइन मार्फत परामर्श गरिरहेको पनि उनले बताए ।








