काठमाडौँ । पुनःस्थापित प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नेछ । संघीय संसद् सचिवालयले प्रतिनिधि सभाको सातौँ अधिवेशन अन्तर्गत ७औँ बैठकका लागि विभिन्न सम्भावित कार्यसूचीहरु तय गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश गर्नेछन् । यस्तै, सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ‘सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन २०७७ पेश’ हुनेछ ।
यसैगरी राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७७ पेश’ गर्नेछिन् ।








