चितवन । हंस बहुउद्धेश्य सहकारी संस्थाले नारायणढका विपन्न परिवार र असंगठित मजदुरलाई लक्षित गरी एकसय विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ । संस्थाले आज नारायणगढमा उनीहरुलाई चामल, तरकारी लगायतका खाद्यसामाग्री वितरण गरेको हो । संस्थाले लकडाउनको शुरुवाती क्षणबाटनै भरतपुर महानगरपालिकाका विभिन्न वडामा राहत वितरण कार्यालयलाई तीब्रता दिदै आएको छ । लामो लकडाउनका कारण दैनिक जीवन यापन गर्न कठिन भएका त्यस्ता व्यक्तिहरुलाई राहत वितरण गरिएको संस्थाकी सचिव शारदा शर्मा पौडेलले जानकारी दिनुभयो । उहांँका अनुसार आज नारायणगढका दुईठाउंँमा गरी सय परिवारलाई राहत सामाग्री वितरण गरिएको हो । गत बैशाख १७ देखि हालसम्म राहत वितरणरलाई निरन्तरता दिइदै आएको र आगामी दिनमा पनि महानगरपालिका का अन्य वडामा राहत वितरण गर्दै जाने संस्थाका प्रबन्धक श्यामबन्धु पोख्रेलले जानकारी दिनुभयो । उहांँका अनुसार महानगरपालिकाका वडा नम्बर १, ३, १० र १६ वडामा राहत वितरण कार्य सकिएको र अन्य वडामा क्रमश वितरण गर्दै जाने उहांँले बताउनु भयो । संस्थाले हालसम्म ३०० भन्दा घरपरिवारलाई राहत वितरण गरिसकेको र पांँचसय घरपरिवारलाई राहत वितरण गर्ने योजना रहेको राहत संयोजक सिद्धार्थलाल चुकेले बताउनु भयो । लकडाउनको समयमा त्यस्ता परिवारको चुलो चौका बलोस र भोका नरहुन भन्ने उद्धेश्यले मानवीय कार्य निभाएको चुकेको भनाई छ । यसअघि पनि संस्थाले विभिन्न सामाजिक संस्थालाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।








