• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ५. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. बिचौलियाको मारमा किसान

  • १०. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

पत्रकार महासंघ चितवनमा चुनावी सरगर्मी, त्रिपक्षीय प्रतिस्पर्धामा कसले मार्ला बाजी ?

  •   मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाल पत्रकार महासंघको यही २५ गते हुने निर्वाचनका लागि चितवनमा चुनावी सरगर्मी छाएको छ । सोमबार उमेदवारको अन्तिम नामावली प्रकाशन गरिएपछि त्रिपक्षीय भिडन्त हुने देखिएको छ । चितवनमा तीन जना अध्यक्षसहित निर्वाचनका लागि ८३ जनाको उमेदवारी कायम भएको हो ।

    आइतबार निर्वाचनका लागि ८८ जनाले उमेदवारी दर्ता गरेका थिए । जसमध्ये सोमबार पाँच जनाले उम्मेदवारी फिर्ता लिएका छन् । सहसचिवका उम्मेदवार प्रस्ताव सुवेदी, मधेसी सदस्य ज्योति महतो, खुल्ला सदस्यमा स्वतन्त्ररुपमा उम्मेदवारी दिएका सुवास लामिछाने, सुनिलकुमार श्रेष्ठ र हरि पौडेलले उमेदवारी फिर्ता लिएको निर्वाचन समिति संयोजक जनक अर्यालले बताए । सोमबार दुई जना उमेदवार निर्विरोध चयन भएका छन् । मधेसी सदस्यमा सरिता महतो साह (अपेक्षा) र अन्य समावेशीमा भूपराज पाठक निर्विरोध चयन भएका हुन् ।

    निर्वाचन समितिका अनुसार लोकतान्त्रिक, प्रगतिशील, समावेशी एवं बुद्धिजीवी पत्रकारका तर्फबाट नारायणप्रसाद अधिकारी नेतृत्वको प्यानल, प्रेस चौतारीसहितको प्यानलबाट तिलक रिमालको नेतृत्वको प्यानल र स्वतन्त्ररुपमा सूर्यप्रकाश कँडेलले अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । लोकतान्त्रिक, प्रगतिशील, समावेशी एवं बुद्धिजीवी प्यानलमा प्रेस युनियन, प्रेस संगठन, प्रेस चौतारीको माधव नेपाल समूह र बुद्धिजीवी स्वतन्त्र पत्रकारहरुको साथ रहेको छ भने प्रेस चौतारी नेपाललाई मिडिया नेपाल र जनपत्रकार संगठनले साथ दिएको छ ।

    खुला उपाध्यक्षका लागि तीन जनाको उमेदवारी परेको छ । जसमा प्रकाशमणि ज्ञवाली, रमाकान्त पौडेल र विनोदवाबु रिजालले प्रतिस्पर्धा गर्दैछन् । यस्तै, समावेशी उपाध्यक्षका लागि प्रमिता ढकाल र शान्ता अधिकारी (बी)को उमेदवारी परेको छ । सचिव पदका लागि अनिल ढकाल र दीपेन्द्र अधिकारीबीच भिडन्त हुने भएको छ । सहसचिव खुलाका लागि तीनजनाको उमेदवारी परेको छ । जसमा टीकादत्त तिमिल्सिना, आनन्द पोखरेल र राजु सापकोटा रहेका छन् । सहसचिव समावेशीका लागि उर्गेन तामाङ र अमिर रामदामको उमेदवारी परेको छ ।

    त्यसैगरी, कोषाध्यक्षमा राजेन्द्र आचार्य, गोविन्द घिमिरे र राजेश घिमिरेको उमेदवारी परेको छ । राजेश स्वतन्त्र उमेदवार हुन् भने राजेन्द्र लोकतान्त्रिक, प्रगतिशील, समावेशी एवं बुद्धिजीवी प्यानलका लोकप्रिय उमेदवार हुन् । यसैगरी, सदस्यतर्फ महिला सदस्यमा शोभा पुडासैनी र रविना पौडेल, दलित सदस्यमा एलिना पोखरेल (प्रिति) र सरोज उपरकोटी, आदिवासी जनजाति सदस्यमा तुलमान गुरुङ र सञ्जय चौधरीको उमेदवारी परेको छ । खुला सदस्यमा १६ जनाको उमेदवारी परेको छ ।

    खुला सदस्यहरु अनिल भट्टराई, बबिलाल तामाङ, बसन्त शर्मा ढुङ्गाना, रामु आचार्य, विप्लव काफ्ले, सरिता पौडेल, ज्ञानेन्द्र तामाङ, विवेक पोख्रेल, रोहिणीप्रसाद त्रिपाठी, किशोर खनाल, तिलक पौडेल, बद्रिप्रसाद अर्याल, मुकुन्द भूषाल, विकास पौडेल, समीक्षा पुरी र हेमराज रिमालको उम्मेदवारी परेको छ । चितवनमा त्रिपक्षीय प्रतिस्पर्धा देखिए पनि लोकतान्त्रिक, प्रगतिशील, समावेशी एवं बुद्धिजीवी पत्रकारको प्यानल जितको नजिक रहेको छ । सो प्यानलले आफ्नो पक्षमा पत्रकारहरुको जनमत देखिएकाले प्रतिस्पर्धीहरु अतालिएको जनाएको छ ।

    नारायणप्रसाद अधिकारीको प्यानल श्रमजीवी पत्रकारहरुको हकहित र अधिकार रक्षाका लागि कटिबद्ध रहेकाले आफूहरुलाई पत्रकारहरुले विवेकसंगत ढंगले मतदान गर्नेमा उमेदवारहरु विश्वस्त रहेका छन् ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ५.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.