काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाँले बढेर ८७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो ।
तेजावी सुनको मूल्य तोलाको ८७ हजार ५० रुपैयाँ रहेको छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोलामा एक हजार २३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








