• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
सोमबार, कार्तिक ०९, २०८३
☰
सोमबार, कार्तिक ०९, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ७. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ८. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

नेकपा एमाले चितवनको अध्यक्षमा तेजेन्द्र खड्का

  •   मङ्गलबार, चैत २४, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेकपा एमाले माधव नेपाल समुहले चितवन जिल्लाको पार्टि अध्यक्षको जिम्मेवारी तेजेन्द्र खड्कालाई दिएको छ । यो समुहको बिश्वासिला मानिएका नेता तथा जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल केपी ओली समुहमा गएपछि नेपाल समुहले खड्कालाई पार्टिको जिल्ला अध्यक्ष बनाएको हो । पोखरेल अध्यक्ष रहँदा खड्का पार्टिको जिल्ला सचिव थिए । केपी ओलीको प्रतिगमनका बिरुद्ध कडा रुपमा प्रस्तुत भएका पोखरेल सर्बोच्चले नेकपा एमाले र माओवादी ब्युताँएपछि भने ओली समुहकै एमालेमा गएका हुन ।

    देशैभर एमालेको समानान्तर संरचना बनाउने अभियान तिव्र बनाएको नेपाल समुहले चितवनमा पार्टीको नयाँ संरचना बनाएको हो । जिल्लाको इन्चार्जमा भने कृष्ण खनाललाई यथावत राखिएको छ । उनी नेकपा एक हुदाँ समते पार्टीको जिल्ला इन्चार्ज थिए । ओली समुहले भने जिल्लामा पार्वती रावललाई अध्यक्ष तोकेर पार्टी गतिविधि गरिरहेका छन । यो समुहको सचिवमा बादल समुहबाट आएका प्रकाश खनाल शैलेश छन ।

    चितवनसँगै माधव समुहले बागमती प्रदेशका सबै जिल्लामा पार्टीको नयाँ संरचना बनाएका छन । काठमाडौंमा इन्चार्ज सावित्रा भुसाल, सहइन्चार्ज सुरेन्द्र मानन्धर, अध्यक्ष बसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एमपी श्रेष्ठ तोकिएका छन् । त्यस्तै काठमाडौं महानगर इन्चार्ज जीवनराम श्रेष्ठ तोकिएका छन् । ललितपुरमा अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा सञ्जेल र महानगरपालिका अध्यक्षमा श्रीगोपाल महर्जन रहेका छन् ।

    मकवानपुरमा इन्चार्ज विरोध खतिवडा, अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिवको जिम्मा मिना लामालाई दिइएको छ । भक्तपुरमा इन्चार्ज सोमप्रसाद मिश्र, अध्यक्ष रजन केसी र सचिवमा अनिल श्रेष्ठ रहेका छन् । रामेछापमा इन्चार्ज देवशंकर पौडेल, अध्यक्ष शान्ति पौडेल र सचिवमा ज्ञानकुमार श्रेष्ठ रहेका छन् । सिन्धुपाल्चोक इन्चार्जमा अरुण नेपाल, अध्यक्षमा झंक नेपाल, उपाध्यक्षमा इन्द्रमाया गुरुङ, सचिवमा कमल नेपाल र उपसचिवमा सूर्य लामा रहेका छन् ।

    सिन्धुलीमा इन्चार्ज कमलजंग राई, अध्यक्षमा सूर्य पाख्रिन, उपाध्यक्षमा चित्रबहादुर लुमेली र सचिवमा तारानिधि पोखरेल रहेका छन् । रसुवामा इन्चार्ज माधव अर्याल, अध्यक्षमा पेम्बा तामाङ र सचिवमा शिव लामिछाने रहेका छन् । धादिङमा अध्यक्ष शिवराज कँडेल, उपाध्यक्षमा इन्दिरा ढुंगाना, सचिव सुवास खतिवडा र उपसचिवमा शम्भु थापा रहेका छन् ।

    चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन
    दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’
    चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    भर्खरै

    • १.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

    • २.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

    • ३.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

    • ५.
      सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

    • ७.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

    • ८.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.